कक्षा १२ को नतिजाको बारेमा बिद्यार्थीले सोधिरहने प्रश्नहरु

ग्रेडिङमा कोहि फेल हुदैन है ?

गलत ! फेल भन्ने शब्द नभएपनि खराब ग्रेड ल्याएको खण्डमा उच्च शिक्षा हासिल गर्न नपाइने हुन सक्छ । यदि कुनै बिद्यार्थीले कुनै बिषयमा D वा E ग्रेड ल्याएको छ भने उसले ट्रान्सकिप्ट/प्रोभिजनल तथा माइग्रेसन सर्टिफिकेट नै पाउँदैन । र उसले अनिवार्य परीक्षा दिनै पर्ने हुन्छ ।

Theory मा D अनि Practical मा A छ भने पनि फेरि Exam दिनु पर्छ ?

एकदम दिनै पर्छ ।

D+ भनेको पास हो कि फेल ?

फेल पनि हैन, राम्रो ग्रेड पनि हैन । ग्रेडिङ प्रणाली अनुसार D+ को अर्थ हुन्छ Partially Acceptable अर्थात थोरै सन्तोषजनक । D+ ल्याउनेले पनि सबै प्रमाणपत्र त पाउँछ तर भोलि गएर उच्च शिक्षा हासिल गर्ने क्रममा कतिपय बिषय पढ्न नपाइने पनि हुन सक्छ ।

कसले के पढ्न पाउँछ ?

त्यो हामीले भन्ने कुरा हैन । नेपालमा मात्र ७/८ ओटा बिश्वबिद्धालय छन् । सबै बिश्वबिद्धालयमा कुन कुन बिषय पढ्न कति ग्रेड ल्याउनु पर्ने भन्ने फरक फरक मापदण्ड बनाइएका छन् । उदाहरणको लागि: यो भन्दा अघिल्लो बर्ष त्रिभुवन बिश्वबिद्धालयमा इन्जिनियरिङमा भर्ना हुनको लागि ११/१२ मा Math बिषय लिएकै हुनुपर्ने प्राबधान थियो तर पुर्वान्चल बिश्वबिद्धालयमा भने १२ मा Math बिषय नै नलिएकाले पनि भर्ना पाउने गर्दथे । यसरी हरेक बिश्वबिद्धालयमा एउटै बिषय अध्ययनको लागि पनि फरक-फरक मापदण्ड बनाइएको हुन्छ । त्यसैले तपाईंलाई जुन बिश्वबिद्धालय अन्तर्गतको बिषय पढ्न चाहानुहुन्छ त्यही ठाउँमा सम्पर्क गरि बुझ्न सक्नुहुन्छ । जस्तो तपाइँलाई TU मा BBA पढ्न मन छ भने TU को Faculty of Management मा सम्पर्क गरेर बुझ्नुपर्ने हुन्छ अथवा BBA पढाई हुने कलेजमा गएर बुझ्न सक्नुहुन्छ । कि त बिश्वबिद्धालयको भर्ना सम्बन्धि सूचना आउने बेलासम्म पर्खनुपर्छ ।

D+ ल्याएको बिद्यार्थीले के-के पढ्न पाउँछ ?

अघि नै भनिसक्यौ, सबै कुरा हामीलाई थाहा हुदैन । तपाइँले आफुले पढ्न चाहेको बिद्यालयमा गएर बुझ्दा सबैकुरा थाहा भैहाल्छ । हामीलाई थाहा भएको भनेको D+ ल्याउनेले त्रिभुवन बिश्वबिद्धालय (TU) मा BBS/BA/BEd पढ्न पाउँछ ।

D+ आउनेले Transcript १००% पाउँछ हो ?

हो । तर एकपटक Transcript लिइसकेपछी फेरि ग्रेडवृद्धि परीक्षामा सामेल हुन भने पाइने छैन ।

D+ आएको बिषयमा Exam नदिएपनि हुन्छ ?

हुन्छ ।

D+ आएर मैले Re-Exam नदिए केही फरक पर्छ कि पर्दैन ?

त्यो हामीले भन्ने कुरा हैन । हिजोको दिनमा First Division र Second Division जस्तै आज ग्रेडिङ प्रणाली हो । हिजो Third Division ल्याउदा फरक पर्थ्यो नि नाइँ ? Third Division को Certificate बोकेर जागिरको लागि Interview दिन जादा आफैलाई हल्का लाज हुन्थ्यो होला, साथीभाइले रिजल्ट के भयो भनेर सोध्दा पनि गर्बका साथ भन्न पाइदैथियो होला । जीवनमा आएका कुनै कुनै अवसरहरु गुमाउन पर्यो होला । त्यही नै हो फरक पर्ने कि नपर्ने भन्ने कुरा । तर प्लस टुमा कतिपय उत्कृष्ट बिद्यार्थीपनि आज सोचेजस्तो प्रगति गर्न नसकेका तर Second Division ल्याउने बिद्यार्थीले उच्च प्रगति गरिरहेका उदाहरण पनि हाम्रो समाजमा प्रशस्त भेट्न सकिन्छ । त्यसैले फरक पर्ने कि नपर्ने भन्ने Relative (सापेक्षिक) कुरा हो । अङ्क/ग्रेड भन्दा पनि तपाइँले पाएको ज्ञानले जीवनमा ठूलो महत्व राख्छ ।

D+ आउनेले IELTS/TOFEL गर्न पाइन्छ कि पाइदैन ?

IELTS/TOFEL भनेको Language Test मात्र हो । Language Test गर्न कुनै Certificate चाहिदैन । ८/९ कक्षामा पढ्ने विद्यार्थीले पनि TOFEL/IELTS गर्न पाइन्छ ।

D+ ल्याउनेले बिदेश पढ्न जान पाइन्छ कि नाइँ ?

बिदेशमा हजारौं थरीका कलेज/बिश्वबिद्धालयहरु छन् । ती कलेजहरुको भर्ना मापदण्ड फरक/फरक छन् । प्रयास गरिरहने हो भने एउटा न एउटा कलेजले त भर्ना लिइहाल्छ नि ।

अनि D+ ल्याउनेको Visa लाग्ने सम्भावना कम हुन्छ हो ?

भिसाको सन्दर्भमा प्लस टु को ग्रेडमात्र हैन, तपाइँको IELTS/TOFEL स्कोर, Interview, आर्थिक अवस्था, हाउभाउ सबै कुराले फरक पार्छ ।

Grade Improvement Exam कहिले हुन्छ ?

Routine अलिक केहि दिन पछि आउँछ ।

कतिओटाको Grade Improvement Exam दिन पाइन्छ ?

२ ओटा

सो परीक्षा क-कसले दिन पाउने ?

अन्य सबै विषयमा C+ वा सो भन्दा धेरै ग्रेड प्राप्त गरि २ ओटा बिषयमा मात्र C वा सो भन्दा कम ग्रेड ल्याएका विद्यार्थीले एउटा वा दुइटा बिषयको परीक्षा दिन पाउने छन् ।
दुइटामा D/E तर अरुमा C+ वा सो भन्दा धेरै ग्रेड ल्याएका विद्यार्थीले २ ओटै बिषयको ग्रेडबृद्दी परीक्षा दिनु पर्ने छ ।
कुनै एउटा विषयमा Absent भएका विद्यार्थीले पनि ग्रेडबृद्दी परीक्षा दिन पाउने छन् ।
ग्रेडबृद्दी परीक्षाको फारम भर्ने अन्तिम दिन: श्रावण २९, २०७६ 
नोट: Partial विद्यार्थीले Grade Improvement Exam दिन पाउदैनन् । यो रेगुलर विद्यार्थीको लागि मात्र हो । Partial विद्यार्थीले परीक्षा दिनको लागि अर्को बर्षसम्म कुर्नुपर्ने हुन्छ ।

Grade Improvement Exam दिएपछी Star (*) आउँछ कि आउँदैन ?

Grade Improvement Exam दिदा सिम्बोल नम्बर नै फरक हुन्छ । पछि त्यो सिम्बोल नम्बर ट्रान्सकिप्ट बनाउदा पनि देखिन्छ । र यसरी तपाइँले २ पटक एउटै बिषयको परीक्षा दिएको भन्ने थाहा हुन्छ ।

Extra Math को Re-exam दिन पाइन्छ कि नाइँ ?

पाइन्छ ।

मैले ११ को Partial Exam दिएको थिए, अहिले १२ मा २ ओटामा D आयो, Re-Exam दिन पाउछु कि नाइँ ?

पाइन्छ ।

Grade Improvement Exam (Re-Exam) दिदा पहिलेको भन्दा कम ग्रेड आयो भने के हुन्छ ?

Re-Exam दिदा झन कम आयो भने पहिलेकै धेरै आएको ग्रेड रहन्छ ।

Re-Exam को रिजल्ट कहिले आउँछ ?

Exam भएको १५-२० दिन जतिमा आइसक्छ ।

अनि रिटोटलिङको रिजल्ट नि ?

रिटोटलिङको रिजल्ट २ महिना भित्रमा आउँछ ।

अनि ११ रिजल्ट नि ?

११ को रिजल्ट दशैँ अगाडि आउँछ ।

अनि Re-Exam को फारम college मा गएर भर्ने हो ?

हो ।

अनि admit card पनि कलेजमै आउँछ ?

हो कलेजमै आउँछ ।

Chance exam दिएपछि Year loss हुन्छ ?

त्यो यतिकै भन्न सकिन्न । अब कुन बिश्वबिद्धालय अन्तर्गत कुन कलेज र कुन बिषय अध्ययन गर्ने हो, त्यसमा भर पर्छ । तपाईंले अध्ययन गर्न चाहानुभएको कलेजमा सम्पर्क गर्दा राम्रो हुन्छ ।

११ कक्षामा D आएर अहिले सम्म पनि परीक्षा दिनुभएको छैन भने अब अर्को बर्ष दिनै पर्छ । नदिए हुन्न ?

नदिए ट्रान्सकिप्ट नै पाइन्न । त्यसैले अनिवार्य रुपमा दिनै पर्छ ।

मेरो ११ को Physics मा B आको छ तर १२ को मा D आको छ, अब ट्रान्सकिप्टमा दुबै जोडेर C आउँछ कि ? अनि मैले Re-exam नदिए नि हुन्छ ?

११ को GPA र १२ को GPA को Avergae निकालिन्छ । एउटा एउटा बिषयको Average निकालिने हैन । तपाइँले परीक्षा दिनै पर्छ । हैन भने प्रमाणपत्र नै पाउनुहुन्न ।

साइन्सको बिद्यार्थीले Arts पढ्न पाउँछ कि नाइँ ?

पाइन्छ मज्जाले !

मेरो एउटा बिषयमा C आयो, म ग्रेड बढाउन चाहान्छु । पाइन्छ कि पाइदैन ?

पाइन्छ । ग्रेडबृद्दि परीक्षामा सामेल हुनको लागि C वा सो भन्दा कम ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

१२ को नतिजामा प्राप्त गरेको GPA जुन छ नि, त्यो १२ को मात्र हो कि ११/१२ दुवैको हो ?

यो १२ को मात्र जिपिए हो, दुबैको जिपिए चै पछि ट्रान्सकिप्ट बनाएपछि आउँछ जसलाई सीजिपिए भनिन्छ ।

GPA कसरी calculate गरिन्छ ?

GPA calculate गर्ने Formula तल दिइएको छ ।

अनि यो grade sheet मा भएको क्रेडिट आवर भनेको चै के हो ?

ग्रेडिङ प्रणालीमा बिषयको जटिलताको मुल्यांकन क्रेडिट आवरबाट हुन्छ । कुनै पनि बिषयको पाठ्यक्रम बनाउँदा त्यो कति घन्टामा पढाएर सक्ने भन्ने कुरा पहिल्यै छुट्याइएको हुन्छ । जस्तो गणितको एउटा पाठ पढाउदा सो पाठ दिनमा १ घन्टाको दरले पढाएर कति दिनमा सक्किन्छ भन्ने कुरा पहिल्यै निर्धारण गरिएको हुन्छ । त्यो सम्पुर्ण बिषय पढाउन लाग्ने समयलाई कोर्ष कम्प्लिसन ड्युरेशन भनिन्छ । अनि यहि कोर्ष कम्प्लिसन ड्युरेशन लाई ३२ ले भाग गरेपछि क्रेडिट आवर प्राप्त गरिन्छ ।
अहिले भौतिकशास्त्र (फिजिक्स) बिषयको क्रेडिट आवर ४.६९ छ भन्नुको मतलब यो बिषय पढाउन (४.६९ × ३२ =१५०) घन्टा लाग्छ भन्ने बुझिन्छ । कुनै पनि बिषयको क्रेडिट आवर १ छ भने सामान्यतय त्यसको अर्थ विद्यार्थीले त्यो बिषय हप्तामा ३ घन्टा (एक दिनमा ३० मिनेट) पढ्नुपर्छ भन्ने हुन्छ र २ छ भने हप्तामा ६ घन्टा (एक दिनमा ६० मिनेट) पढ्नुपर्ने हुन्छ । यसरी क्रेडिट आवरबाट बिषयको जटिलताको बारेमा जान्न सकिन्छ ।

ग्रेडलाई Percentage मा कसरी लग्ने हो ?

ग्रेडलाई Percentage मा लग्न मिल्दैन । तर Percentage लाई ग्रेडमा चै लग्न सकिन्छ ।

कति जिपिए भनेको कति ग्रेड हो ?

जिपिए र ग्रेडको Table तल दिइएको छ ।

रिटोटलिङ कसरी गर्ने ?

रिटोटलिङ गर्नको लागि आफ्नो Admit card को फोटोकपी, Internet बाट Print गरेको Marksheet र प्रति बिषय ५०० रुपैयाँ लिएर आफ्नो जिल्लाको सम्बन्धित कार्यालयमा जानुपर्छ । रिटोटलिङको लागि कलेजबाट निवेदन लैजानु पर्दैन । कुन जिल्लाको कलेजमा पढेको बिद्यार्थी कुन ठाउँको कार्यालयमा जाने भन्ने कुरा तल लेखिएको छ ।

अनि यो जुन पुनर्योग (रिटोटलिङ) को कुरा छ, मैले रिटोटलिङको लागि apply पनि गरे अनि ग्रेडबृद्दि फारम भरेर परीक्षा पनि दिए भने कुन चै ग्रेड मान्य हुन्छ ?

तपाइँले रोजेको ग्रेड राखिन्छ ।

ग्रेडबृद्दि परीक्षा फारम भरेर परीक्षा नदिएमा के हुन्छ ?

केहि फरक पर्दैन ! यदि Transcript निकाल्न मिल्ने ग्रेड छ भने निकाल्न सकिन्छ ।

Re-checking गर्न के गर्नुपर्छ ?

पहिले Retotalling गर्नुपर्छ । Direct Re-checking गर्न मिल्दैन । Retotalling को नतिजा पनि चित्त नबुझेमा नतिजा आएको १५ दिन भित्रमा Rechecking को लागि apply गर्न मिल्छ । त्यसको लागि के के चाहिन्छ भन्ने कुरा तलको फोटोको १५ नम्बरमा दिइएको छ ।

Extra Math मा D आयो भने Certificate मा त्यो subject को ग्रेड आउँछ कि आउँदैन ?

आउँदैन ।

D+ आएमा चै आउँछ ?

हो, D+ वा सो भन्दा माथी आएमा चै आउँछ ।

हाम्रो पालोमा किन यस्तो झन्झटिलो ग्रेडिङ ?

यो झन्झटिलो हैन, बिश्वब्यापी तरिका हो । यस अघि नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जादा percentage लाई जिपिए र ग्रेडिङमा convert गरेर university मा बुझाउन पर्ने हुन्थ्यो तर ग्रेडिङ सर्टिफिकेट भएपछी अब त्यसो गर्नु पर्दैन । बिश्वब्यापी नियम नेपालमा लागू भएकोमा झन तपाईंले गर्व गर्नुपर्ने हो । बिस्तारै सबै बिद्यार्थी अभिभावक यस प्रणालीमा अभ्यस्त हुँदै जानुहुनेछ र सबैलाई यहि तरिका मन पर्नेछ ।

References :


Note: This profile has been shifted to Callmandu.com exploring community engagement. Thank you for visiting us.

Leave a Reply

Your email address will not be published. Required fields are marked *